सुनको भाउ आज प्रतितोला तीन सय घट्यो

331 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज /१५ भदौ २०८० बिहिवार

धादिङ -नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन सयका दरले घटेको छ। अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण भएपछि प्रति तोला तीन सय घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको दरभाउ आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० छ भने यसको मूल्य अघिल्लो दिन रु एक लाख १२ हजार दुई सय ५० रहेको थियो ।

बजारमा आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार चार सय ७० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य निर्धारण गर्दै आईरहेको छ ।