सर्वसाधरण आउजाउ गर्न आठ वर्षपछि खुल्यो तातोपानी नाका

147 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज
१५ भाद्र २०८०, शुक्रबार

सिन्धुपाल्चोक । तातोपानी नाका आठ वर्षपछि सिन्धुपाल्चोक जिल्लाका सर्वसाधारणका लागि खुला भएको छ । चीनसँगको उत्तरी सीमा नाका तातोपानी नाका महाभुकम्प पछि वन्द हुन पुगेको थियो । शुक्रबार बिहानदेखि सिन्धुपाल्चोकका सर्वसाधारणले आउजाउ गर्न पाउने गरी वन्द नाका खुलेको हो ।

शुक्रवार विहान भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट सिन्धुपाल्चोक–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटा सहितका ३० जना स्थानीयले चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि तातोपानी नाका र्ससाधरणका लागि खुला गरिएको हो । नाका खुला भएसँगै लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका स्थानीय बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई चेकजाँच गराएर चीनतर्फ प्रस्थान गर्न थालेका ।

सांसद सापकोटासहितको टोलिलाई चिनियाँहरुले भव्य स्वागत गरेका थिए । गएको मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले स्थानीय सर्वसाधारणले आवतजावत गर्न पाउने गरी नाका खुला गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार भदौ १५ गते शुक्रवारबाट तातोपानी नाका स्थानीय सर्वसाधारणको लागि खुला गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।
तातोपानी नाका विसं २०७२ को भूकम्पयता बन्द हुँदै आएको थियो। भूकम्पपछि ०७६ साल फागुनमा विश्वव्यापी रुपमा कोरोना महामारी फैलिएपछि नाका पुनः बन्द भएको थियो । तीन महिनाअघिदेखि तातोपानी नाकाबाट मालवाहक सवारीको आवतजावत खुला गरिएको थियो । नाका खुला भएसँगै सिन्धुपाल्चोकका स्थानीयले अब आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउने छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको दरभाउ आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार नौ सय ५० छ भने यसको मूल्य अघिल्लो दिन रु एक लाख १२ हजार दुई सय ५० रहेको थियो ।

बजारमा आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार चार सय ७० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य निर्धारण गर्दै आईरहेको छ ।