प्रधानमन्त्री प्रचण्ड भन्छन्– माधव नेपाल निर्दोष हुनुभयो

80 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितानिवास जग्गा प्रकरणामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष सावित भएको बताउनुभएको छ ।

समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा प्रचण्डले माधव नेपालको बारेमा के हो कसो हो भन्ने भएको तर अहिले निर्दोष सावित भएको बताउनुभयो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बयान लिएर मुद्दा चलाउन नपर्ने भन्दै लिखित दिएकाले नेपाल निर्दोष सावित भएको प्रचण्डको भनाइ छ ।

नेपाल र आफू एउटै मोर्चामा रहेको भन्दै प्रचण्डले केपी ओली प्रधानमन्त्री हुँदा पनि के हुने हो कसो हुने हो भनेर टेन्सन हुने गरेको उहँले सुनाउनुभयो ।