तातोपानी पुगेका नेपालीलाई चीनले गर्यो स्वागत

84 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । चीनले ८ वर्षपछि उत्तरी नाका तातोपानीमा नेपालीका लागि आवतजावत खुला गरेको छ । तत्कालका लागि सिन्धुपाल्चोकबासीका लागि मात्र आउजाउ खुला गरिएको हो । शुक्रबार सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा नेपाली तातोपानी नाकास्थित चिनियाँ भूमि प्रवेश गरे ।

सांसद सापकोटासहितको नेपाली टोलीलाई तिब्बत सरकारका बित्त प्रमुख वाङ फिङ र सिगात्छेका नगर प्रमुख पासाङले स्वागत गरेका थिए।

सापकोटाले अब बन्द नहुने गरी नाकामा आवतजावत खोलिएको जानकारी चिनियाँ पक्षले गराएको बताउनुभयो । सिन्धुपाल्चोकबाहेक अन्य जिल्लाका सर्वसाधारणका लागि पनि क्रमशः नाका खुला गर्दै जाने प्रतिबद्धता चिनियाँ पक्षले दिएको छ ।

‘आज विशेष दिन भएको हुनाले हामीलाई उहाँहरुले स्वागत गर्नुभयो’, सापकोटाले भन्नुभयो ‘अरु जिल्लाका सर्वसाधारणका लागि पनि क्रमिक रुपमा व्यवस्थित गर्दै पूर्ववत अवस्थामा नाका सुचारु गर्ने नीति रहेको जानकारी दिनुभयो ।