पारस खड्का बने बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष

491 पटक पढिएको

१५ भाद्र २०८०, शुक्रबार १९:४३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित हुनुभएको हो। उहाँले २३ मत पाउनुभयो भने पियाले १४ मत प्राप्त गर्नुभयो ।

१३ सदस्यीय कार्यसमितिमा पारससहित उहाँको टिमबाट १२ जना चयन भएका छन् ।