कांग्रेसका १५ विभागमा प्रमुख मनोनीत,धादिङलाई दुई विभागिय प्रमुखको जिम्मेवारी धादिङका दिलमान जनजाती र उर्मिला उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको प्रमुखमा मनोनीत

189 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज / १६ भदौ २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनीत गरेका छन्। ति मध्ये दुईवटा विभागको प्रमुख धादिङ जिल्लाले पाएको छ ।

सभापति देउवाले शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरु दिलमान पाख्रिनलाई आदिवासी जनजाति विभाग प्रमुखमा र सीता थपलिया (उर्मिला) लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको प्रमुखमा मनोनीत गरेका छन् । पाख्रिन तामाङ दुवै जना धादिङका हुन ।

यसै गरी देउवाले कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय, पुष्पा भुसाललाई महिला, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार, किरण यादवलाई तराई-मधेश समन्वय विभागको प्रमुखमा मनोनीत गरेका हुन्।

केन्द्रीय सदस्य योगेन्द्र चौधरी थारू, गेहेन्द्र गिरी जेष्ठ नागरिक समन्वय, आङगेलु शेर्पा पर्यटन, रणबहादुर रावल गैरसरकारी संस्था समन्वय, , प्रकाश रसाइली स्नेही वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा मनोनीत भएका छन्। ।

रंगमती शाही पिछडिएको क्षेत्र, गुरु बराल आपूर्ति तथा उपभोक्ता, नानु बास्तोला जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठलाई अपांगता भएका व्यक्ति र समुदाय समन्वय विभाग प्रमुखमा मनोनित गरिएको छ ।