नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षकको सरुवा (सूचीसहित)
184 पटक पढिएको
काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको भदौ १५ को निर्णय बमोजिम उनीहरुको सरुवा भएको हो । सरुवामा १४ वटा जिल्लाका प्रहरी इन्चार्जहरु फेरिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा मोहन थापालाई सरुवा गरिएको छ । त्यसैगरी पूर्वी नवलपरासीमा नरहरि रेग्मी र कपिलवस्तुमा नवरत्न पौडेललाई पठाइएको छ ।
बारामा सुरेश काफ्ले, भक्तपुरमा वेद विष्ट, रौतहटमा महेन्द्र कुमार श्रेष्ठ, दाङमा रामबहादुर केसी र इलाममा वासुदेव खतिवडा सरुवा भएका छन् ।
<iframe src=”https://drive.google.com/file/d/1g1XXdY6nTt2ELqLpXTvFXoZ1fU-TTxJt/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>