प्रहरीका १२० जना डीएसपीको सरुवा
177 पटक पढिएको
काठमाडौं । नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरले भदौ १५ गतेको निर्णय बमोजिम डीएसपीहरुको सरुवा गर्नुभएको हो । उनीहरुलाई भदौ २०८० भदौ १ गतेदेखि तलब भत्ता समेत सरुवा भएकै दरबन्दीबाट खान पाउने गरी ब्यवस्था गरिएको छ जसनुसार केही जिल्ला प्रहरी कार्यालय र उपत्यकास्थित प्रहरी वृत्तका इन्चार्ज फेरिएका छन् ।
प्रहरी वृत्त गौशालामा केशव कुमार थेवे, दरबारमार्गमा गोविन्द थापा, सोह्रखुट्टेमा चतुर्भुज ओझा, भक्तपुरको जगातीमा दिप्ती कार्की र स्वयम्भूमा पूर्णिमा चन्दलाई सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित मानवश्रोत विकास विभागमा कार्यरत अमरबहादुर थापा क्षेत्रीलाई प्रहरी वृत्त महाराजगञ्जमा सरुवा गरिएको छ । प्रहरी वृत्त बौद्धमा राजु पाण्डे र नयाँ बानेश्वरमा शिवराज बुढाथोकीलाई ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटामा अर्जुन केसी, प्यूठानमा ईश्वर थापा, बाजुरामा कवीन्द्र सिंह बोहरा, पर्वतमा खुमलाला भुसाल र संखुवासभामा घनश्याम श्रेष्ठ सरुवा भएका छन् । ईलाका प्रहरी कार्यालय इटहरीमा टेकबहादुर कार्कीलाई पठाइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङमा पुरुषोत्तम खड्का, बझाङमा भरतबहादुर शाह, मुस्ताङमा भोजराज पाण्डेय, लमजुङमा मीन बहादुर घलेलाई सरुवा गरिएको छ । भोजपुरमा सुदीप राज पाठक र पाँचथरमा हेमन्त भण्डारी क्षेत्री गएका छन् ।