कोशी सरकारविरुद्धको रिट अब पूर्ण इजलासमा

71 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भदौ १७, २०८० / धादिङ न्यूज

धादिङ- कोशी प्रदेश सरकारविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ ।

आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले कोशी प्रदेश सरकारविरुद्ध रिट ‘फुल बेन्च’मा पठाउने निर्णय गरेको हो । रिट नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको हो ।

कोशी प्रदेशसभामा विश्वासको मत लिने क्रममा मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा सभामुखको भूमिकामा रहेकाबाट पनि मत लिएकाले बदरको माग गर्दै एमालेका हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दिएका हुन् ।