बालेनको अभिव्यक्तिबाट सुरक्षा निकाय र प्रशासन हतोत्साहित भए: सिडीओ बस्नेत

133 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्तिबाट सुरक्षा निकाय र प्रशासन हतोत्साहित भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘एकजना तल्लो तहको ट्राफिक प्रहरीले राति ९ बजे पनि आफ्नो जिम्मेवारी इमानदारिता पूर्वक निभाएका छन् । मेयरले त यसलाई धन्यवाद दिनुपर्ने हो । तर, सुरक्षा निकाय र प्रशासनलाई नै गाली गर्ने, धम्की दिने जस्ता काम किन गर्नुभएको हो, हामीले बुझेका छैनौँ । सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी पूरा गरेका हुन् । तर उहाँले कानुन नै मान्दिन भन्नुहुन्छ भने, त्यो अर्कै कुरा हो । यस प्रवृत्तिले हामीलाई हतोत्साहित बनाएको छ ।’

बालेनले महानगरपालिकाको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै शनिबार राति सिंहदरबार जलाइदिने धम्की दिएका थिए ।