मधेश प्रदेशका स्वतन्त्र सांसद यादव पक्राउ

105 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई माओवादी नेताको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो । सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरिएको जनाएको छ ।

जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेका सांसद यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

माओवादी नेता गोबिन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई राजविराजस्थित जिल्ला अदालतमा हाजिर गराएको छ ।