ललिता निवास प्रकरणमा आजदेखि प्रतिवादीका कानून व्यवसायीले बहस गर्दै

85 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको किर्ते मुद्दामा आज मंगलबारदेखि प्रतिवादीका कानून व्यवसायीले बहस गर्ने भएका छन् ।

काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलको बहस सकिसकेकाले मंगलबारदेखि प्रतिवादी पक्षका वकिलहरुले बहस गर्ने भएका हुन् ।

सोमबार सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणी न्यौपानेसहित ६ जनाले बहस गरेका थिए ।

२ सय ९० जना प्रतिवादी बनाइको मुद्दामा प्रतिवादी तर्फका कानून व्यवसायीको बहस भने केही दिन चल्ने सम्भावना छ ।