सुन आज ३ सयले घट्यो, तोलामा एक लाख १२ हजार ७ सयमा कारोबार हुँदै

216 पटक पढिएको

१९ भाद्र २०८०, मंगलवार १२:०६ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ ।

छापावाल सुन तोलाको एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सो सुन तोलाको एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।