प्रधानमन्त्री र बालेनको पछिल्लो अभिव्यक्तिप्रति शेखर कोइरालाको आपत्ति

296 पटक पढिएको

१९ भाद्र २०८०, मंगलवार १५:४५ सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ।

पार्टी निकट कर्मचारीहरुको संगठन नेपाल निजामति कर्मचारी युनियनले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै यस्ता अराजक खालका अभिव्यक्तिबाट देश चल्न नसक्ने बताउनुभयो। उहाँले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भिरतापूर्वक लिनुपर्ने समेत बताउनुभयो ।

जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने उहाँको भनाई थियो। नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर पार्टी निकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिनुभयो ।

उहाँले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गर्नुभयो।