प्रधानमन्त्री र ओलीबीच गोप्य भेटवार्ता

250 पटक पढिएको

१९ भाद्र २०८०, मंगलवार १५:५७ सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच गोप्य भेटवार्ता भएको छ। प्रधानमन्त्री ’प्रचण्ड’ लाई भेट्न अध्यक्ष ओली आज दिउँसो खुसुक्क सिंहदरबार पुग्नु भएको हो ।

प्रधानमन्त्री ’प्रचण्ड’ र अध्यक्ष ओलीबीच केहि आन्तरिक केहि समसाययिक विषयमा कुराकनी भएको बुझिएकोे छ। भेटमा संसद‍्मा पेश गर्ने विधेयकका बारेमा सामान्य छलफल भएको स्रोतले जानकारी दिएको छ।

दुइ जनाका बिचमा पछिल्लो समसामयिक राजनीतिक विषयमा पनि केहि बेर छलफल भएको बताइएको छ।