एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित

96 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेकपा (एमाले)  लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ ।

आज बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार कँडेलले ४ सय ७९ मत प्राप्त गर्दा उहाँका प्रतिष्पर्धी हरि रिजालले ४ सय ७७ मत पाउनु भएको निर्वाचन समितिका प्रमुख हरिप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी हुनुभएको हो । कँडेल उपाध्यक्ष विष्णु पौडेल निकट मानिनुहुन्छ । उपाध्यक्षमा पनि कँडेल प्यानलका भोजप्रसाद श्रेष्ठ ४ सय ५५ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

यस्तै, उपसचिव पुरुषतर्फ पूर्ण बुढा मगर र महिलातर्फ लीला राना मगर निर्वाचित हुनुभएको छ