काठमाडौं महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन
92 पटक पढिएको

२०८० भदौ २१, बिहीबार
काठमाडौँ। डेंगु संक्रमणका कारण विरामी भएर उपचार गराईरहेका काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको निधन भएको हो । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।
रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।रिजाल काठमाडौं क्षेत्र नम्बर ७ कांग्रेसका क्षेत्रिय सभापति समेत हुन् ।
मुकुन्द रिजालको पार्थिव शरीर १ घण्टा राष्ट्रिय सभागृहमा राखिने भएको छ । उनको शव ११ देखि दिउँसो १२ बजेसम्म सभागृहमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको हो । त्यसपछि साढे १२ देखि साढे १ बजेसम्म पशुपति मन्दिर परिसरमा राखिने छ ।
उनको आजै दिउँसो साढे २ बजे अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ ।