नक्कली भुटानी शरणार्थी प्रकरण: पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित

113 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परेकाहरुले थुनामुक्त हुन उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।

थुनामा परेका आरोपितका कानून व्यवसायीको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको हो । उक्त निवेदन न्यायाधीशहरु सुभाष पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा परेको थियो । नक्कली शरणार्थी प्रकरणमा मुछिएर जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा परेका १६ जन नै त्यो आदेश बदर हुनुपर्ने माग राखी उच्च अदालत गएका थिए ।

धरौटीमा छुटेका दुई जनालाई थुनामा राख्नुपर्ने भनी सरकारी वकिलको कार्यालयले पनि निवेदन दिएको छ । सबै निवेदनमाथिको सुनुवाइ स्थगित भएको हो ।