गगन थापाले गरे सहमहामन्त्री यादवमाथि भएको सांघातिक आक्रमणको बिरोध

94 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको बिरोध गर्नुभएको छ ।

उहाँले सो सांघातिक आक्रमण सनकको भरमा भएको भन्दै थामथुम पार्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराउनु भयो । बिहीवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै महामन्त्री थापाले सो घटनाको सबै पक्षको अनुसन्धान गरी सांघातिक आक्रमणमा संलग्नलाई तत्काल पक्राउ गर्न पनि सरकारसँग माग गर्नुभयो । उहाँले के काठमाडौंमा हामी एक्लैले हिँड्न नमिल्ने अवस्था आएको हो ? भनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रश्न समेत गर्नुभयो ।

कोही जलाई दिन्छु भन्ने, कोही खुकुरी प्रहार गर्ने अवस्था भएकाले काठमाडौंमा आफूहरु एक्लै हिँड्नसक्ने अवस्था नहुँदा पनि प्रधानमन्त्री र गृहमन्त्रीले धेरै बोल्ने तर परिणाममा आउने गरी काम भने नगरिरहेको महामन्त्री थापाको गुनासो थियो ।