प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

262 पटक पढिएको

२१ भाद्र २०८०, बिहीबार १७:१५ सम्पादक: धादिङ न्यूज

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गर्नुहुने भएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन जान थाल्नु भएका प्रधानमन्त्री प्रचण्डले ४ असोजमा सम्बोधन गर्नु हुने भएको हो ।

न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आगामी ३० भदौमा अमेरिका जाने तय भएको छ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेललगायत छन् । उहाँले अरु कार्यक्रममा पनि सहभागी हुनुका साथै विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्ने तयारी छ ।

अमेरिकी राष्ट्रपति जो बोइडेनले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री प्रचण्ड ५ असोजमा न्यूयोर्कबाट चीन जमाु हुनेछ ।