सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनवाइ अधुरै

140 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ अधुरो बनेको छ । न्यायाधीश सकुन्तला कार्कीले दिनभरि वादी पक्षको बहस सुनेपछि थप केही कागजातहरू माग गरेकी छन् ।

सामान्यतया मुद्दाको फैसला बहस प्रारम्भ भइसकेपछि त्यस दिन नटुंगिए हेर्दाहेर्दैमा राख्ने प्रचलन हुन्छ ।

तर, न्यायाधीश कार्कीले हेर्दाहेर्दैमा नराखी जन्मदर्ता र बसाइसराइको अभिलेख झिकाउने आदेश दिएको स्रोतले बतायो ।