हिक्मत कार्की कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त

139 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै । नेकपा (एमाले) संसदीय दलका नेता हिक्मत कार्की कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।

सर्वोच्च अदालतको परमादेशअनुसार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज शुक्रवार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्की प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बन्नुभएको हो ।

यसअघि गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका उद्धव थापाले प्राप्त गरेको विश्वासको मत सर्वोच्चले अदालतले बदर गरेको थियो । संविधानको धारा १६८ को उपधारा २ बमोजम संयुक्त सरकारका मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न नसकेको ठहर भएपछि उपधारा ३ बमोजिम कार्की मुख्यमन्त्री बन्नुभएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।