सम्शेरगन्जमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्युु,२९ जना घाईते

133 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भदौ २३, २०८०

काठमाण्डौं – बर्दियाको ठाकुरबाबा-९, बेतहनीबाट दाङ भ्रमणमा गएको टोली सवार बस बाँकेको सम्शेरगन्जमा दुर्घटना हुँदा शुक्रबार अबेर रातिसम्म ७ जनाको मृत्युु भएको छ । २९ जना घाईते भएका छन ।

पूर्व पश्चिम राजमार्गमा पर्ने बाँकेको शमशेरगञ्ज नजिक गएराति ९ बजेतिर रोकिराखेको ट्रकमा बस ठोक्किएर सो दुर्घटना भएको हो ।

बर्दियाको ठाकुरबाबा नगरपालिका९ ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको टोली चढेको बस दाङ भ्रमणबाट फर्किँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा चालक, सहचालकसहित ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय काशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ६५ वर्षीय साधुराम थारु रहेका छन् । यसैगरी ठाकुरबाबा नगरपालिका(८ का बस चालक ४५ वर्षीय जुग बहादुर चन्द र नाम खुल्न बाँकी सहचालक ३५ वर्षीय पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते २९ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।