बूढीगण्डकीमा हराईरहेका वासुको कुशको शव वनाई अन्त्येष्ठि

252 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज/ २३ भदौ २०८०,शनिवार

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका १ मा पर्ने नृसिंहधामको बूढीगण्डकी र आँखु नदीको सङ्गममा स्नानगर्ने क्रममा २०८० भाद्र १५ गते देखि हराईरहेका नीलकण्ठ नगरपालिका वडा नम्बर १३, साङ्कोष मधुबनका बासु तिमल्सिनाको मृत्यु भएको भएको ठहर गरी परिवारले काजक्रिया शुरु गरेको छ । तिमिल्सीना नीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक हुन् ।

भाद्र १५ गते दिउँसो तिमल्सिना नदीमा डुवेपछि आफन्त र स्थानीय सहित सुरक्षाकर्मीले खोजी जारी राखेका थिए । बासुको अवस्था पत्ता लगाउन नसकेपछि पारिवारिक सरसल्लाहबाट भाद्र २२ गते स्नान गर्ने क्रममा डुवेकै स्थानमा कुशको शव बनाइ विधिपूर्वक अन्त्येष्ठी गरेर हिन्दु संस्कार अनुसार क्रिया कर्म गर्न शुरु गरिएको नेपाली काँग्रेसका नेता बाशु प्रसाद तिमिल्सिनाले जानकारी दिनु भयो ।

नदी पहिरोमा परेर हराएको व्यक्तिको शव फेला नपरेपछि आफन्तले कुशको शवको प्रतिमा बनाएर अन्तिम सस्कार गर्ने हिन्दु संस्कार रहेको छ ।