कोशी प्रदेशमा एमाले आफूहरूको पछि लागेको माधव नेपालको भनाइ

335 पटक पढिएको

२३ भाद्र २०८०, शनिबार ११:५७ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा नेकपा एमाले आफूहरूको पछि लागेको बताउनुभएको छ ।

आज शनिबार पार्टी निकट ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट मुख्यमन्त्री हिक्मत कार्की बनेकाले विश्वासका मतका लागि आफूहरूको पछि लागेको बताउनुभएको हो । उहाँले आफ्नो पार्टीको विशेष भूमिका रहेको उल्लेख गर्दै एमालेका नेताहरू मिल्नका लागि पछि लागेको बताउनुभयो।

गत बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मत कार्कीलाई नियुक्त गर्न आदेश दिएको थियो। आदेशसँगै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पुनः पदमुक्त भइसक्नुभएको छ भने कार्कीले मुख्यमन्त्रीमा नियुक्त भएर पनि शपथ ग्रहण गरिसक्नुभएको छ ।