घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु
345 पटक पढिएको
धादिङन्यूज
भदौ २२, २०८०, शुक्रबार ,
काठमाडौँ–बर्दियाको मधुवन नगरपालिका–३ धनौरास्थित जङ्गलमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट ५२ वर्षीया महिलाको मृत्यु भएको छ।
आज सम्झना सामुदायिक वनमा घाँस काट्ने क्रममा काली वंशीलाई बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए।
बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतरनीयाघाट आरक्षण क्षेत्र जोड्ने अन्तर्राष्ट्रिय जैवीक मार्गमा ती महिलालाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यलय बर्दियाले जनाएको छ।







