आगामी हप्ताबाट दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा हल सञ्चालनमा आउने

177 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आउँदो हप्ताबाट सञ्चालनमा आउने भएको छ ।

बुधबारबाट हल सञ्चालनमा ल्याउने तयारी भइरहेको कलाकारसमेत रहेका दीपकराज गिरीले जानकारी दिनुभयो ।

भदौ २१ गतेबाट सञ्चालनमा ल्याउने भनिए पनि काम नसकिएकाले त्यो सम्भव नभएको गिरीको भनाइ छ ।

हललाई नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईले व्यवस्थापन गर्नेछ ।

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपकराज गिरी र दीपाश्री निरौलालगायत समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्याउन लागेको हो । कोरोना संक्रमणको महामारीका कारण हल निर्माणको काम केही ढिलो भए पनि अन्ततः सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।