प्रधानमन्त्रीद्वारा न्युयोर्क र चीन भ्रमणबारे दलहरूसँग छलफल

105 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न न्युयोर्क र चीन भ्रमणबारे संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरू, परराष्ट्र मन्त्री, पूर्व परराष्ट्र मन्त्रीलगायतसँग छलफल गर्नुभएको छ ।

आज बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उहाँले छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणबारे आज बेलुका परराष्ट्र विज्ञहरूसँग पनि छलफल गर्नुहुने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्क जाने र उतैबाट चीन भ्रमणमा जाने तयारी छ ।