प्रचण्ड नेतृत्वको सरकार फेर्नुपर्ने शेखर कोइरालाको संकेत

98 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार फेर्नुपर्ने संकेत गर्नुभएको छ।

११०औं बीपी जयन्तीको सन्दर्भमा आइतबार हेटौंडा–११ स्थित नवलपुरमा बीपीको शालिक अनावरण गर्न आइपुगेका कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा मात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबी गर्नुभयो ।

उहाँले प्रधानमन्त्री दाहाल अराजक हुँदै गएको आरोपसमेत लगाउनुभयो। ‘देशमा द्वन्द्व गराउने र द्वन्द्व निम्त्याउने प्रयास भइरहेकाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशलाई अप्ठ्यारो पारिरहेको छ,’ वरिष्ठ नेता काइरालाले कांग्रेसकै समर्थनमा निर्माण भएको हालका सरकार परिवर्तन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र छलफल हुने बताउनुभयो ।

प्रधानमन्त्रीकै कारण धरान घटना भएको उहाँको टिप्पणी छ । पार्टीभित्रको आन्तरिक समस्यालाई सामान्य रुपमा बुझ्नसमेत कार्यकर्तालाई कोइरालाले आग्रह गर्नुभएको छ।

उहाँले देशको अखण्डता र सार्वभौमसत्तालाई जोगाउने जिम्मेवारी कांग्रेसकै काँधमा आएको बताउनुभयो ।