ललिता निवास प्रकरणमा पक्राउ परेकालाई धरौटीमा छाड्न आदेश

93 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई धरौटीमा छाड्ने आदेश दिएको काठमाडौं जिल्ला अदालत स्रोतले जानकारी दिएको छ । तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतका व्यक्तिहरू पक्राउ परेका थिए ।

कोसँग कति धरौटी माग ?

केशव तुलाधर,साधारण तारेखमा रिहा,

शिवजी भट्ट–३ लाख ३० हजार

रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार

बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार

कलाधर देउजा –१५ लाख

घमन कुमार कार्की– ७ लाख ५० हजार

गोपाल कार्की –७ लाख ५० हजार

विनोद पौडेल– १५ लाख

योगराज पौडेल– ७ लाख ५० हजार

नारायणराज मिश्र –७ लाख ५० हजार

अरुण कुमार श्रेष्ठ –७ लाख ५० हजार

ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार

बाबुराजा महर्जन– १ लख १० हजार

देवनारायण महर्जन – १ लाख १० हजार

सकलानन्द महर्जन– १ लाख १० हजार

सञ्जय कुमार महर्जन– १ लाख १० हजार

लोकहरि घिमिरे –७ लाख ५० हजार