बैंकले गरिवका लागि ऋण प्रवाह नगरेकोमा ओलीको असन्तुष्टि
411 पटक पढिएको
ललितपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुले गरिवका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
ठूला पुँजीपतिहरुलाई खोजेर अर्वौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिवलाई भने ऋण नदिएको अध्यक्ष ओलीको भनाई थियो ।
उहाँले साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको उल्लेख गर्नुभयो ।
पार्टीको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागले आईतवार च्यासलमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले गरिवलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताउनु भयो ।
सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उहाँले बताउनु भयो ।







