जनतालाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिएको: माधव नेपाल

105 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिएको बताउनुभएको छ ।

आज आइतबार मकवानपुरको हेटौँडामा समाजवादी मोर्चाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले देशालई समाजवादको दिशामा लिएर जानका लागि गणतन्त्रको प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले माजवादका मान्यता के हुन्, समाजवादको समानताको सिद्धान्त पूरा कसरी गर्ने रु सबै समुदायप्रति समानताको वातावरण बनाउने कसरी, न्यायको प्रत्याभुति दिने कसरी रु विकासको अभियान कसरी सञ्चालन गर्ने रु जनतालाई समृद्ध जीवन जिउनका लागि सुखी जीवन बाँच्नका लागि हामीले वातावरण कसरी बनाउने रु भन्नेकुरा समाजवादी मोर्चाको उद्देश्यसँग जोडिएको जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले राष्ट्रियताको रक्षा गर्ने होस्, लोकतन्त्रलाई बचाउने कुरा होस्, जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुराको निम्ति मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले केन्द्र, प्रदेश र स्थानीय तहले आफ्नोआफ्नो जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्नुपर्ने बताउनुभयो ।