जहाँ उत्पीडन हुन्छ त्यहाँ आन्दोलन उठ्ने विप्लवको भनाइ

95 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जहाँ उत्पीडन हुन्छ त्यहाँ आन्दोलन उठ्ने भन्दै यसको सामना गर्न तयार हुनुपर्नेमा जोड दिनुभएको छ ।

समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देश कार्यक्रममा बोल्दै उहाँले समाजवादी देश जटिल संक्रमणको अवस्थामा रहेको बताउनुभयो ।

सयौं पार्टी क्रियाशील रहेको बताउँदै उहाँले नेपाल पेचिलो बिन्दुमा आएको र संवेदनशील अवस्थामा रहेको उहाँको भनाइ छ ।

यस्तै उहाँले पुरानो तरिकाले निकास नहुने भएकोले दलाल पुँजीवादको अन्त्य गर्न जरुरी भएको बताउनुभयो मोर्चाले ९५ प्रतिशत जनताको चाहना र आकांक्षा सम्बोधन गर्ने दाबी गर्दै अग्रगमनको नेतृत्व गर्ने दाबी गर्नुभयो ।