नेपाल म्यानमारसँग पराजित
279 पटक पढिएको

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ ।
आज सोमबार म्यानमारको थुवुन्ना रंगशालामा भएको दोस्रो मैत्रीपुर्ण खेलमा नेपाल १–० गोल अन्तरले पराजित भएको हो ।
म्यानमारविरुद्ध नेपालले उत्कृष्ट खेल प्रर्दशन गरेपनि गोल गर्न भने सकेन । विश्वकप छनोटको तयारीमा रहेको नेपाल तयारीका लागि म्यानमारमा छ । नेपालले म्यानमारको राष्ट्रिय फुटबल टिमसँग दुई मैत्रीपुर्ण फुटबल खेलेको हो ।
दुवै देशले फिफा डेट अनुसार मैत्रीपूर्ण फुटबल खेलेका हुन् । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो ।