सरकारले आशा र भरोसा जगाउने काम गरेर देखाउनु पर्छ: माधव नेपाल

135 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले आशा र भरोसा जगाउने काम गरेर देखाउनु पर्ने बताउनुभएको छ ।

समाजवादी मोर्चाले आज सोमबार विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक समानता, सुशासन, सामाजिक न्याय र जनताको दैनिक जीवनमा आइपरेका समस्या समाधान गर्न समाजवादी मोर्चा गठन गरेर अघि बढेको बताउनुभयो ।

संघीय सरकारबाट केही राम्रो काम गरेर जनतामा सन्देश दिन र आशा जगाउन आवश्यक रहेको भन्दै नेपालले सुशासनकोे पक्षमा काम गर्नेलाई साथ दिने र भ्रष्टाचार, अनियमिततामा लाग्नेलाई निर्मम भएर दण्डित गर्नुपर्ने बताउनुभयो ।