संविधान सभा अध्यक्ष सुवाषचन्द्र नेम्वाङको हृदयघातबाट निधन

167 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

२६ भदौ २०८०

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट असामयिक निधन भएको छ ।

नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेका अनुसार बालुवाटारस्थित निवासमै हृदयघात भएपछि नेम्वाङलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएकोले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सल्लाहपछि उनको पार्थिव शरीर घर लैजाने तयारी छ । नेम्वाङका श्रीमती, दुई छोरा र दुई छोरी छन् । सुवास नेम्वाङको जन्म २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो ।

उनी २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभामा  संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।

२०७८ सालमा चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट नेकपा एमालेका नेम्वाङ उपाध्यक्ष थिए ।