नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने अन्त्येष्टिका दिन सार्वजनिक विदा दिने नेपाल सरकारको निर्णय

69 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२६ भदौ । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष दिवगंत नेता सुवासचन्द्र नेम्वाङको सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री सुदन किराँतीले जानकारी दिए।

अन्त्येष्टिका दिननै सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ।नेम्वाङका दुवै छोरा विदेशमा छन्। जेठो छोरा मिङ्सो बेलायतमा र कान्छो छोरा सुहाङ केही दिन अघिमात्र अस्ट्रेलिया घुम्न गएका छन्। दुवै जना नेपाल फर्कने तयारीमा छन । छोराहरु आएपछि मात्रै नेम्वाङको अन्तिम संस्कार गरिने भएको छ ।

हृदयघातका कारण बालुवाटारस्थित घरको शौचालयमा बेहोस भएपछि नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।

सोमबार राती १ बजेर ४० मिनेट जाँदा उनको निधन भएको घोषणा गरिएको थियो।

२०५१ मा कानुन मन्त्री भएका नेम्वाङ २०६३ को अन्तरीम संसदका सभामुख थिए।

पहिलो र दोस्रो संविधानसभाका अध्यक्ष रहेका नेम्वाङले संविधानका अन्तरबस्तुमा दलहरूलाई सहमतिमा ल्याउन भूमिका खेलेका थिए। नेम्वाङकै नेतृत्वमा २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो।