लिबियामा भिषण बाढीः २ हजारको मृत्यु, ६ हजार बेपत्ता

94 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भदौ २६, २०८०,मंगलबार,
न्युज एजेन्सी एपीका अनुसार उत्तर अफ्रिकी देश लिबियामा विनाशकारी भिषण बाढीले दुई हजारभन्दा बढीको ज्यान गएको छ । बाढीमा ६ हजार मानिस हराइरहेको अनुमान गरिएको छ । मूसलाधारे वर्षाका कारण देशभरको स्थिति भयावह बनेको छ ।

समुद्री तुफान ड्यानियलको उत्पातपछि दुई बाँध फुट्दा लिबियाको डर्ना शहरमा मानिसहरुको भागाभाग मच्चिएको छ । समुद्री तुफान चलिरहँदा पहाडले घेरिएको डर्ना शहरका दुई बाँध फुटेका अन्र्तराष्ट्रिय न्यूज एजेन्सीहरुले खबर लेखेका छन । न्यूज एजेन्सीहरुका अनुसार बाँध फुट्दा ३ लाख ३० हजार क्युबिक मिटर पानी शहरमा पसेको छ । डर्नामा आपतकाल घोषणा गरिएको छ ।

प्रधानमन्त्री ओसामा हमादले तीन दिन राष्ट्रिय शोकको घोषणा गर्दै देशभर झण्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

गत शनिबार मात्रै अफ्रिकी देश मोरक्कोमा विनाशकारी भूकम्पले सयौं मानिसको ज्यान दिएको थियो ।