मुग्लिन सडक खण्डको नाम्सि पुलमा सुख्खा पहिरो, सडक अबरुद्ध

79 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सि पुलमा सुख्खा पहिरोका कारण सडक अबरुद्ध भएको छ । सडक डिभिजन कार्यालयका अनुसार तैनाथ अवस्थामा राखिएको मेशिनद्वारा पहिरो पन्छाउने कार्य भैरहेको छ ।

यातायात दुईतर्फि संचालनमा आउन करिब १ घण्टा लाग्ने अनुमान रहेको कार्यालयका सुभरभाइजर इश्वर क्षेत्रीले जानकारी दिनुभयो ।

आज बिहान पनि सुख्खा पहिरोको कारण अबरुद्ध भएको करिब २ घण्टापछि बाटो खुलाइएको थियो ।