नेम्वाङको निधनले भोलीको संसद बैठक सर्यो
327 पटक पढिएको
काठमाडौं। संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधनका कारण भोलीका लागी तय प्रतिनिधि सभा बैठक सरेको छ। भोली भदौ २७ का बोलाइएको बैठक पर्सि भदौ २८ गते बस्नेगरी सरेको हो।
संघीय संसद् सचिवालयले एक सुचना जारी गरेर बुधबारका लागि तय भएको बैठक बिहीबार बस्नेगरी सारिएको जानकारी दिएको हो ।
संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमदवारा जारी बैठक बस्ने दिन र समय परिवर्तन भएको उल्लेख छ। गौतमका अनुसार भदौ २८ गते बिहीबार दिउँसो ३ बजे बैठक बस्नेछ। उक्त बैठकले नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्नेछ ।







