नेम्वाङको निधनको शोकमा बिहीवार सार्वजनिक बिदा

67 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनकाे शाेकमा पर्सि बिहीवार सरकारले  सार्वजनिक बिदा दिएकाे छ ।

गृह मन्त्रालयले आज मङ्गलवार एक सूचना निकालेर यसबारेमा जानकारी दिएकाे हाे । बिहीवार सबै सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।

नेम्वाङको गए राति हृदयघातका कारण ७१ वर्षकाे उमेरमा निधन भएको थियो ।