आज देशभर सामान्य वर्षाको सम्भावना रहेको मौसम विभागको अनुमान

108 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौँ, भदौ २७

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले  (बुधबार) आज देशभर आंशिकदेखि सामान्य वर्षा हुने अनुमान गरेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा  बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको भइरहेको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

 

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।