सुवास नेम्वाङप्रति दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने, आजै निजी निवास लगिने

94 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति आज बुधबार दिउँसो १ बजेसम्म श्रद्धाञ्जली दिन सकिने भएको छ ।

दिउँसो १ बजेसम्म एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जली अर्पण गर्न सकिने व्यवस्था गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । त्यसपछि उहाँको पार्थिव शरीर निजी निवास बालुवाटार लगिने छ ।

नेम्वाङको ७१ वर्षको उमेरमा हिजो मंगलबार बिहान निधन भएको थियो । उहाँको भोलि बिहिबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने तयारी छ भने भोलि सरकारले देशभर शोक बिदा पनि दिएको छ ।