नेम्वाङको पार्थिव शरीरलाई घर लगियो

119 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई घर लगिएको छ ।

बुधबार उनका छोराहरु पनि नेपाल आइपुगेका छन् । नेम्वाङका जेठा छोरा सपरिवार बेलायतमा बसोबार गर्दै आएका थिए भने कान्छा छोरा अष्ट्रेलिया भ्रमणमा गएका थिए ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिनभरि र बुधबार विहान ९ देखि १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिएको नेम्वाङको शव बुधबार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको हो ।

निवासमा पारिवारिक तथा धार्मिक संस्कार अनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । बिहीबार सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।