कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सर्यो

188 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ। यसअघि असोज २ गते बस्ने गरी सारिएको बैठक यतिबेला फेरी सारेर ४ गते दिउँसो १ बजेका लागि तय गरिएको छ ।

नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति नै जारी गरेर बैठक सरेको जानकारी दिनु भएको छ।

‘२०८० असोज २ गते पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० असोज ४ गते दिउँसो १ः०० बजे बस्ने भएको छ, उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।