नेम्वाङको भोलि अन्तिम संस्कार गरिने, सार्वजनिक बिदा

216 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भोलि राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने भएको छ । साथै भोलि सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

भोलि देशभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दुतावास र नियोगहरूमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।

त्यस दिन सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको शर्माले जनाउनुभयो ।

प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उहाँको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको थियो ।

बिहीबार ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा ७१ वर्षीय नेम्वाङको अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ। अन्तिम संस्कार अगाडि शव यात्रा निकालिने छ ।