सुवास नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

127 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – प्रतिनिधिसभा बैठकले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आज बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा नेम्वाङको निधनको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उहाँको निधनमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ ।

सभाको बैठकमा सभामुख घिमिरेले स्व. नेम्वाङले लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुभएकाे र संविधानसभाबाट संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुभएकाे बताउनुभयाे । मृदुभाषी, सरल र सहज र समन्वयकारी व्यक्तित्वका धनी सुवासचन्द्र नेम्वाङको निधनबाट देशलाई अपूरणीय क्षति पुगेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक भाेलि शुक्रवार दिउँसाे १ बजे बस्नेछ ।