खेलाडीलाई घोषणा गरेको पुरस्कार मन्त्रिपरिषदबाट निकासा हुन्छ: प्रचण्ड

166 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रवारको मन्त्रिपरिषद् बैठकबाट निकासा हुने बताउनुभएको छ ।

आज बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औँ एसियाली खेलकुदका लागि भाग लिन चीन जाने नेपाली खेलाडीलाई बिदाइ गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले घोषणा गरिएको पुरस्कार खेलाडीले आजसम्म पनि नपाएको भन्ने कुरा आफूलाई जानकारी रहेको भन्दै केही प्राविधिक कारण र नीतिगत कारणले दिन नसकिएको उल्लेख गर्नुभयो ।

अहिले नियमावली बनेर अर्थ मन्त्रालयबाट खेलकुद मन्त्रालयमा पुगेको र शुक्रवार बस्ने मन्त्रिपरिषद् बैठकबाट पैसा निकासा हुने प्रधानमन्त्रीको भनाइ छ ।