जीवनलाई खुकुरी प्रहार गर्ने सिद्धलेकका मानवहादुर पक्राउ

179 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २८ भदौ । आफ्नै छिमेकीलाई खुकुरी प्रहार गरेको आरोपमा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ बाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्दलेख –१ का ५८ वर्षीय मानबहादुर गुरुङ छन् । बुधबार बेलुका करिब साढे ८ बजे गुरुङले सिद्दलेख गाउँपालिका–२ मा स्थानीय जीवन परियारमाथि खुकुरी प्रहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खेतमा सँगै काम गरेर फर्कने क्रममा विवाद हुँदा गुरुङले परियारको टाउकामा खुकुरी प्रहार गरेका थिए । घाइते परियारलाई उपचारका लागि गए राति ११ बजे जिल्ला अस्पताल धादिङमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि काठमाडौं रिफर गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

गुरुङलाई खुकुरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ ।