काठमाण्डौंको गैह्रीगाउँमा चार जनाको हत्या , मृतक ३ जना एकै परिवारका

8657 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ न्यूज
३० भदौ २०८०,शनिबार,

काठमाडौं – काठमाडौंको तीनकुने  गैह्रीगाउँमा रहेको समिल भित्र शुक्रबार राति चार जनाको हत्या भएको अबस्थामा शव भेटिएको छ ।

काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरिक्षक दिनेशराज मैनालीका अनुसार गएराति ११:५५ दुई महिला र दुई पुरुषको हत्या भएको जानकारी पाए लगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। मैनालीका अनुसार काष्ठ मिलमा काम गर्ने दोलखा जिल्लाका ५६ वर्षीय कुमार भुजेल, ५२ वर्षीया उनकी श्रीमती अम्बिका भुजेल, ७६ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलवारी  घर भएका २० वर्षीय नविन राईको हत्या भएको हो। उक्त स:मिल दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका-८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरेका हुन्।

चार वटै शवको टाउकोमा र शरीरका विभिन्र भागमा धारिलो हतियारको चोट देखिएको उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा मुचुल्का लगायतको कार्य सम्पन्र गरी पोष्‍टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्‍ज पठाइएको छ।

प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौं महानगरपालिका-३२ तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ। घटनाको सम्बन्धमा प्रहरीले तालिम प्राप्‍त कुकुर, अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको जनाएको छ।